तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिकबारे निर्णय गर्न आईओसीले लियो ४ साताको डेडलाइन

काठमाडौं। विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व खेलकुद नै प्रभावित बनिरहेका बेला जापानमा हुने टोकियो ओलम्पिक २०२० सर्ने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी जुलाई र अगष्टमा हुने ओलम्पिकबारे के गर्ने भनेर आइतबार छलफल गरेको थियो । आईसीसीले पनि ओलम्पिक स्थगित हुनसक्ने ग्रिन सिग्नल दिएको छ । तर तत्कालै के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

आईओसी आफैंले टोकियो ओलम्पिकको भविष्य के हुने भन्ने निर्णय गर्न ४ हप्ताको डेडलाइन तय गरेको छ ।

टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका छ । तर विश्वभर महामारीका रूपमा फलिएको कोभिड–१९ ले गर्दा सबै खेल गतिविधि प्रभावित छ । ओलम्पिककै तयारी र क्वालिफायङ इभेन्टहरू समेत कोरोनाले प्रभावित बनेको छ ।

अहिले विश्वका विभिन्न देशका ओलम्पिक कमिटी खेलकुद संघहरूले पनि ओलम्पिक स्थगित गर्न माग गरिरहेका छन् ।

यसैसन्दर्भमा आइतबार आईओसीको कार्यकारी बोर्डको बैठक बसेको हो । जसले विश्वभर भयावह बन्दै गएको कोरोनाका कारण ओलम्पिक सार्ने विषयमा छलफल गरेको थियो ।

ओलम्पिक रद्द गर्नेबारे नसोचेको र स्थगित हुनसक्ने वा अर्को वर्ष गरिन सक्ने आईओसीका अध्यक्ष थोमस बाकले बताएका छन् । चार हप्तापछि ओलम्पिकबारे अन्तिम निर्णय हुने बाकले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button