तपाईँ सुन्दै हुनुहुन्छः

एक जना नेपालीमा काेराेना भेट्टियाे:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ ।फ्रान्सबाट कतारको दोहा हुँदै मंगलबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति फेला परेको जानकारी दिनुभएको हो ।

उहाँले कुनै लक्षण नदेखिएर होम क्वारेन्टाइनमा बसेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएकी १९ वर्षीया युवतीको आइतबार स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको बताउनुभयो ।

मन्त्री ढकालले कोरोना संक्रमित ति युवतिको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
उहाँले यस अवस्थमा धर्य नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गर्नुभएको छ ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएको र उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्टिय उडान र अन्तर्राष्टिय नाका बन्द गराृनुका साथै आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।Image may contain: text

Image may contain: text

प्रतिक्रिया राख्नुहोस्

Back to top button