तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटना परी गंगादेब गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पुनको निधन

घोराही । दाङमा भएको सडक दुर्घटनामा परी रोल्पाका एक प्रशासकीय अधिकृतको निधन भएको छ । मोटरसाइकलमा सवार गंगादेब गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत गणेश पुनको निधन भएको हो ।

काठमाडौँबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्बरको बस र लमहीबाट पूर्व तर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको मोटरसाइकल गढवा गाउपालिका १ कालाकाटेमा दुर्घटना हुँदा पुनको निधन भएको हो ।

रुकुमको त्रिबेणी गाउँपालिका २ खारा निबासी पुनको घटनास्थलमै निधन भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी तुलसीपुरका अजय कवर, रमेश ओली, दंगीशरणका सन्ध्या ओली र बर्दियाको बासगढीका कृष्ण चौधरी घाइते हुनुभएको छ । घाइते सबैको लमही अस्पतालमा उपचार भईरहेको छ ।

घाइतेमध्ये रमेशको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

यस्तै दाङमा स्कुटर दुर्घटनाबाट एक जनाको निधन भएको छ । घोराहीबाट लमही तर्फ जादै गरेको रा ३ प ५४३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घोराहीका अमितसिंह धामीको निधन भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका धामीको लमही अस्पतालमा उपचारका क्रममा निधन भएका बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button