तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर युवकको मृत्यु

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वडा नंं ७ मा रहेको जानकी सरोवर पोखरीमा एक युवकको आज शव फेला परेको छ । आज बिहान पौडी खेल्न पोखरीमा गएका बेला करिव ३० बर्षका यूवक बाहिर निष्कन नसकेपछि पोखरीमा दुवेका थिए ।

पोखरीमा डुवेर मृत्यु भएको यूवकको अहिलेसम्म पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी जानकारी दिनुभयो ।

ती युवा पोखरीमा डुवेको स्थानीयले देखेपछि पोखरीबाट उद्दार गरेपनि नीजको मृत्यु भईसकेको थियो । पोखरीमा डुवेर मृत्यु भएका यूवकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button