तपाईँ सुन्दै हुनुहुन्छः

कावासोतीमा दुई वटा स्कुटर एक–आपसमा ठोकिँदा एक जनाको मृत्यु, चार जना घाईते

कावासोती । पूर्वि नवलपरासीको कावासोती–८ खर्कट्टा जंगलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

आज बिहान करिब ११ः०० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४४प ४६२ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउँदै गरेको लु.४८प. ११३० नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाँदा उक्त्त दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कावासोती ३ अठाईस बिगाका अन्दाजी ८ बषीर्य जिवन तामाङको मृत्यु भएको छ भने अन्य चार जना घाईते भएका छन् । घाईते कावासोती ३ अठाईस बिगा बस्ने बर्ष २५ को अमन तामाङ अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईते तामाङको अहिले भरतपुरको एलाईफ अस्पताल उपचार भईरहेको छ ।

त्यस्तै उक्त दुरघटनामा सोही स्थान बस्ने १६ बर्षीयको अनुप तामाङ खुट्टा फ्याक्चर भएको छ । दुर्घटनामा परी नवलपरासी(पुर्व) हुप्सेकोट १ बेलुवा बस्ने ३९ बर्षीय ओमनारायण महत्तोको छातीमा चोट लागेको छ । त्यस्तै निजको छोरा १३ बषीर्य समिर महत्तो ढाड खुट्टा र हातमा चोट लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button