तपाईँ सुन्दै हुनुहुन्छः

भारतको कोलकत्ताबाट फर्किकएका एक व्यक्तिमा ज्वरो देखिएपछि होम क्वारेन्टाईनमा बस्न निर्देशन

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकामा भारतको कोलकत्ताबाट फर्किकएका एक व्यक्तिमा ज्वरो देखिएपछि चिकित्सकसहितको टोलीले होम क्वारेन्टाईनमा बस्न निर्देशन दिएको छ ।

बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीसहित चिकित्सकको टोली सम्बन्धीत व्यक्तिको घर मै पुगेर स्वास्थ्य परिक्षण गरे पश्चात होम क्वारेन्टाईनमा बस्न निर्देशन दिएर फर्केको हो ।

स्थानीय तथा घरपरिवार दिएको खबर लगतै नगरप्रमख चिकित्सकसहितको टोली लिएर घर पुगेका थिए । ज्वरो आएको व्यक्ति दुई तीन दिन अघि भारतको कोलकत्ताबाट घर फर्केका हुन् ।

ज्वरो आएको व्यक्तिसँगै अन्य ६ जना सोही दिन घर आईपुगेका थिए । नगरप्रमुखसहित चिकित्सकको टोलीले भारतको कलकत्ताबाट फर्केका सबैसँग भेटघाट गर्नुका साथै सुरक्षित रहन आग्रह गरेको नगरप्रमुख बिदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

बर्दिवास अस्पतालका डाक्टर बिमल फूयाँलले ज्वरो आएको पुष्टि गर्दै कोरोना भाईरस (कोभिड–१९) जस्तो कुनै प्रकारको लक्षण नदेखिएको भन्दै होम क्वारेन्टाईनमा बस्न निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button