तपाईँ सुन्दै हुनुहुन्छः

भारतको रुपैडिहामा अलपत्र परेका करिब पाँच सय नेपालीको उद्दार

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका पारी भारतको रुपैडिहामा अलपत्र परेका करिव पाँच सय नेपालीलाई आन उद्दार गरिएको छ ।

स्वास्थ्य जाँच गरेर नेपालगन्ज ल्याइएका उनीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी क्वारेन्टाइनमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।

कोरोनाको त्रासले नेपाल फर्किन लागेका नेपाली हिजोदेखि नाका बन्द हुँदा अलपत्र परेका थिए । भारतको उत्तर प्रदेशमा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि बाँके र भारत बहराइचका सुरक्षा अधिकारी वीच हिजोदेखि सात दिनसम्म बाँकेका सबै सीमा नाका पूर्णरुपमा बन्द गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button