तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासमा ग्याँस पाउन सकस

महोत्तरी । महोत्तरीको प्रमुख व्यापारी केन्द्र बर्दिबासमा खाना पकाउने एलपी ग्याँस पाउन सर्वसधारणलाई सकस भएको छ । कोरोना भाईरसको त्रासले उपभोक्ताले भण्डारण गर्न थालेपछि ग्याँसको हाहाकार भएको हो ।

भान्छामा ग्याँस छ तर, बजारमा ग्याँस नभेटिने हो कि भन्दै उपभोक्ताहरु घरमा भएको सिलेण्डर लिएर ग्याँस पाउने पसलहरु लाम लगेका छन् ।

२०७२ सालमा ६ महिनासम्म नाका बन्दीको मार खेपेका उपभोक्ताहरु कोरोना त्रासले बजार बन्द हुन थालेपछि दैनिक उपभोग्य समाग्रीहरु किनेर घरमा जम्मा गरिरहेका स्थानीय कृष्णप्रसाद फुयाँलले बताउनुभयो ।

ग्याँस बिक्रेता राजकुमार श्रेष्ठका अनुसार, एकै जनाले चार वटासम्म ग्याँसको सिलेण्डर लाने गरेको बताउनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको करोना भाईरको संक्रमण फैलिन नदिन अतिआवश्यक सेवा बाहेक सबै उद्योग, कलकरखाना बन्द गर्ने निर्णय गरिएको बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासले जनाएको छ ।

चैत्र ९ गतेदेखि २१ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको प्रेस विज्ञप्ती जारी गरेर सबैलाई जानकारी गराइसकेको छ ।

खाद्यान्न चामल, दाल, तेल, नुन जस्ता दैनिक उपभोग्य वस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button