तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको बर्दिबासमा मास्क वितरण, २४ बेडको आइसोलेसन कक्ष तयार हुदैं

महोत्तरी । कोरोना भाइरसको संक्रमणबाट नेपालीलाई जोगाउन सरकारले चालेको कदमलाई साथ दिदैं महोत्तरीको बर्दिवासमा सरकारी तथा गैरसरकारी संघसंस्थाले सचेतना मूलक अभियान शुरु गरेको छ ।

कोरोना भाइरस फैलिन नदिन सोमवार रोटरी क्लव बर्दिबासले आमनागरिकहरुलाई हातधुन सार्वजनिक स्थलमा हात सधुन साबुन, पानीको व्यवस्थान गरेको छ ।

साथै सर्वसाधरणलाई सात सय ५० वटा नाक मुख ढाक्न मास्क वितरण गरिएको बर्दिबास रोटरी क्लव बर्दिबासका अध्यक्ष शम्भू भट्टराईले बताउनुभयो ।

कोरोनाको त्रासबाट आक्रान्त भइरहेको यस घडीमा यहाँका नागरिकहरुलाई मास्क र हात धुने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

बजारमा मास्कको अभाव रहेको समयमा रोटरी क्लबले विपन्न वर्गलाई मास्क वितरण गरिएको हो ।

बर्दिबास साना शहरी खानेपानी उपभोक्ता संस्था, नेपाल मगर यूवा संघ महोत्तरी लगायतका संघस्थाहरु कारोना संक्रमणबाट नागरिकलाई सचेत गराउन सन्देशमुलक अभियानमा जुटेको छ ।

यसैबीच विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को जोखिको तयारीका लागि बर्दिबास नगरपालिकाले २४ बेडको आइसोलेसन कक्ष तयार गरिरहेको छ ।

बर्दिबास नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले निर्णय कार्यान्वय गर्नै बर्दिबासस्थित कवर्ड हलमा आइसोलेसन कक्ष तयार भइरहेको हो ।
कोरोना भाइरसबाट प्रभावित भइ आकस्मिक रुपमा बिरामी आएमा तत्काल उपचार गराउनका लागि आइसोलेसन कक्ष तयार गर्न लागिएको हो ।

आइसोलेसन कक्ष तयार गर्ने सरकारी र नीजि स्वास्थ्य संस्थाबाट दुई÷दुई वटा वेड माग गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताउनुभयो ।

प्रदेश नम्बर–२ छिन्नमस्ता सशस्त्र प्रहरी बाहिनीले महोत्तरीको बर्दिबासस्थित माइस्थान भित्र ३२ बेडको चिकित्सकसहितको आइसोलेसन कक्ष तयार गरिसकेको बरिष्ठ एसएसपी गणेश ठाडा मगरले बताउनुभयो ।

स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर क्वारेन्टाइन निर्माण गर्न पनि अघि बढेकोे छ । बर्दिबास सरकारी अस्पतालको नवनिर्मित तीन तल्ले भवनमा क्वारेन्टाइन निर्माण गर्न लागिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button