तपाईँ सुन्दै हुनुहुन्छः

अछामको प्रमुख व्यापारीक केन्द्र साँफे हाटबजार ११ गतेदेखि बन्द हुने

फाइल तस्बिर

अछाम । कोरोना भाईरसको सम्भावित संक्रमणलाई रोक्न अछामको प्रमुख व्यापारीक केन्द्र साँफे हाटबजार चैत्र ११ गतेदेखि बन्द गरिने भएको छ ।

साँफेवगर नगरपालिका वडा नम्वर ३ शिद्वेश्वरमा रहेको हाटबजार विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नहोस भन्ने उद्देश्यले बन्द गर्न लागिएको हो ।

वडा नम्बर ३ शिद्वेश्वरका वडा अध्यक्ष कृष्ण बुढाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको आपतकालिन बैठकले सो निर्णय गरेको हो ।
चैत ११ गतेदेखि बजार बन्द हुने भएपनि अत्यावश्यक सेवा स्वास्थ्य सेवा, बैंक भने बन्द नहुने वडा अध्यक्ष बुढाले बताउनुभयो । अन्य खाद्यान्न, तरकारी तथा मासु जन्य पसल प्रत्येक दिन बिहान ८ बजेदेखि १० बजेसम्म प्रहरीको निगरानिमा खोलिने बताईएको छ ।

बैठकले ११ सदस्यीय बजार अनुगमन तथा नियमन समिति पनि गठन गरेको छ । कृष्ण बुढाको संयोजकत्वमा ११ सदस्यीय बजार अनुगमन तथा नियमन समिति गठन गरिएको हो ।

कुनै सामानको अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने व्यापारी फेला परे कार्वाही गर्ने समितिले निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय प्रमुख नरबहादुर कुवर र साफेबगर नगर प्रमुख कुलवहादुर कुवँरको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button