तपाईँ सुन्दै हुनुहुन्छः

भोलिबाट बिराटनगर क्षेत्रमा अनिश्चितकालिन लक डाउन


विराटनगर । कोरोना भाइरस सक्रमण रोकथामका लागी विराटनगर महानगरपालिकाले भोलीदेखी विराटनगर क्षेत्रमा अनिश्चितकालिन लक डाउन गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाको आज वसेको कार्यपालिकाको वैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासंग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेको महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले बताउनुुभयो ।

खाद्यान्न, औषधि, खानेपानी, विजली, एम्वुुलेन्स सेवा लगायत अत्यावश्यक सेवा वाहेकका सवै सेवा वन्द गर्ने निर्णय गरिएको मेयर पराजुुलीले बताउनुुभयो ।

नगरवासिकाको सुुरक्षाका लागी नगरवासीले स्वयम लकडाउन गरेको वुुझन उहाले आग्रह गर्नुुभयो । उद्योगधन्दा कलकारखाना तथा वजार पसल तथा यातायातका साधन भोलीदेखी वन्द भएपनि अति आवश्यक पसलहरु भने खुुला रहने छन ।

विराटनगर लक डाउन भएपनि विरामीले अस्पताल जानुु परेमा वा मरिमराउको अवस्थामा यातयातको साधन प्रयोग गर्न सकिने जनाइएको छ । अति आवश्यकिय काम वाहेक घरवाट वाहिर हिलडुुल नर्गन नगरवासीलाइृ महानगरपालिकाले आग्रह गरेको छ ।

सकंटको वेलामा कालावाजारी नगर्न समेत आग्रह गरिएको छ । केहि समस्या आएमा संघिय, प्रदेश र स्थानिय सरकार जनताको साथमा रहेकाले कसैलाई नआत्तिन्न समेत महानगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button