तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको निर्देशन पछी सिमा क्षेत्रमा अलपत्र परेका ३ सयभन्दा बढी नेपाली नागरिक भित्रिदै

बीरगंज । विहान १० बजेपछि अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकिएको कारण अलपत्रमा परेका नेपाली नागरिकहरुलाई स्वास्थ्य जाँच गरेर नेपाल तर्फ आउन दिने सरकारको निर्देशन पछि आज साँझ देखि बीरगंज नाकामा रोकिएका नेपालीहरु भित्रिने क्रम शुरु भएको छ ।

नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा व्यक्तिगत विवरण सहितको फारम भरेर स्वास्थ्य परिक्षण पछि सिममा अलपत्र परेका महिला बालबालिका गरी झण्डै ३ सयभन्दा बढी नेपाली नागरीकलाई नेपाल तर्फ प्रवेश दिइएको चेकजाँचमा खटिनुभएका शसस्त्र प्रहरी नायब उपरिक्षक अमर खत्रीले बताउनुभयो ।

सरकारले सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई आउन दिने गरेको निर्णयपछी उनीहरुले आफु नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्ने र उनीहरुलाई १४ दिन होम क्वारेन्टाईनमा बस्ने निर्देशन सहित त्यसको निगरानीका लागी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिई पठाईने व्यवस्था मिलाइएको खत्रीले बताउनुभयो ।

आज राति सम्म अलपत्र परेकाहरुलाई आ–आफ्नो अभिभावक तथा आफन्तको जिम्मा लगाइने र आफन्त नहुनेहरुलाई व्यवस्थित रुपमा तयार गरिएको शिविरमा राखिने समेत खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button