तपाईँ सुन्दै हुनुहुन्छः

हाईड्रोमा कार्यरत एक भारतीय नागरिकलाई कोरोना संक्रमणको आशंका

लमजुङ । लमजुङमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय नागरिकलाई कोरोना भईरसको आशंका गरिएको छ । आईतबार अचानक ज्वरो आएपछि चेकजाँचको लागि जिल्ला सामुदायिक अस्पताल ल्यार्ईएको उक्त युवकलाई बेँसीशहरको जिल्ला सामुदायिक अस्पतालमा स्वास्थ्य जाँच गर्दा कोभिड १९ को लक्षणसंग मिलेपछि संक्रमणको आशंका गरिएको हो ।
मंगलबार बिहान ११ बजे अस्पताल ल्याईएको उक्त युवकलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने जस्ता कोरोनासंग मिल्ने लक्षणहरु देखिएकोले कोरोना संक्रमणको आशंक लागेको अस्पतालका प्रसासकिय प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । श्रेष्ठले कोरोनाको आशंका लागेसंगै युवकलाई काठमाडौस्थित टेकु अस्पतालमा रिफर गरिएकोे बताउनुभयो ।

केही वर्षदेखि लमजुङको दोर्दी खोलामा निर्माणधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनामा काम गर्दै आउनुभएका युबक करिब १० दिन भारत गई होली मनाएर फर्किएका थिए । उनी सहित आयोजनाका अन्य ५ जना कामदार पनि होली मनाएर आयोजनामासंगै फर्किएका थिए ।

उक्त आयोजना आजबाट केहीदिनको लागि निर्माण कार्य ठप्प गरिएको आयोजनाको साइट इन्चार्ज दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button