तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारवाट १० करोडको कोष स्थापना

विराटनगर । प्रदेश नं १ को सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सहयोग पुु¥याउन १० करोड रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

विराटनगर स्थित मुख्यन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कोरोना भाइरस जनसुरक्षा कोष स्थापना गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट रु १० करोड रकम जम्मा निर्णय गरिएको हो ।

मन्त्री परिषद वैठकले वैठकले उक्त कोषमा मुख्यमन्त्री सहितमन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले वताउनुुभयो ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने तथा सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन सो डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button