तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य सामाग्रीको अवस्था बुझन बजार अनुगमन


भोजपुर । भोजपुर सदरमुकामबाट उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिंला बजारमा रहेका बजारहरुको अनुगमन गरिएको छ ।

बिश्व कोरोना भाइरसको चपेटामा परिरहेको समयमा बजारमा भएका अति आवश्यक खाद्य सामाग्री स्थानिय उपभोक्ताका निमित्त पर्याप्त भए नभएको जानकारी लिने उद्धेश्यका साथ बजार अनुमगन गरिएको षडानन्द नगरपालिकाले जनाएको छ । सो क्रममा म्याद गुज्रेका खाद्य सामग्री समेत नष्ट गरिएको छ । बजार अनुगमन समिति संयोजक तथा षडानन्द नगरपालिकाका उपप्रमुख मेरिका राई सहितको टोलीबाट बजार अनुगमन भएको हो ।

सोमवार गरिएको अनुगमनबाट म्याद गुज्रेका २० हजार बराबरको खाद्य सामग्री नष्ट गरिएको छ । बजारमा फेला परेका म्याद सकिएका बिभिन्न खाद्य सामाग्रीहरु नष्ट गरिएको नगरपालिकाले जनाएको छ । बजारमा भएको खाद्य सामग्री तथा अत्यावश्यक सामानहरुमा कालो बजारी नहोस र सर्वसाधारणले खाद्य सामग्री सहजै पाउन सकुन भन्ने उद्धेश्यले बजार अनुगमन गरिएको नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत गणेश विक्रम वस्नेतले बताए ।

नगरपालिकाका उपप्रमुख मेरिका राईको संयोजकत्वमा भएको अनुगमनमा उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कर्यालय लगायतका निकायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button