तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनमा सबै फुटबल गतिविधि बन्द

काठमाडौं । स्पेन सरकारले सुचना प्राप्त नहुँदासम्मका लागि देशमा सबै फुटबल गतिविधि बन्द गरेको छ । ला लिगा र स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकारबाट सुचना प्राप्त नभएसम्म फुटबल पुनः सुरु नहुने जनाएको छ ।

कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी संक्रमणले यति बेला खेलकुद लगायत अधिकांश गतिविधि बन्द छन् । स्पेन पनि कोरोनाको असर परेको छ । अहिले पनि फुटबल गतिविधि ठप्प छ । तर दुवै संस्थाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै औपचारिक रुपमै सबै गतिविधि बन्द रहेन प्रष्ट पारेका छन् ।

‘अनुगमन निकायसँगको सहकार्यमा सबै व्यवासयिक फुटबल गतिविधि स्थगित गर्ने सहमति भएको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय लिनु परेको हो । सरकारले अवस्था सामान्य भएको सुचना नदिदा सम्मका लागि गतिविधि रोकिनेछ’, विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button