तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस (कोभिड-१९)का कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । भोलीका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरस (कोभिड-१९) का कारण सूचना जारी गरी चैत २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाको आवत जावतमा रोक लगाएका कारण भोलीको बैठक स्तगित गरिएको सूचनामा बताइएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते आइतवार दिउसो १ः०० बजे बस्ने समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button