तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ : अनुगमन र निगरानी गर्न जनप्रतिनिधिलाई आग्रह

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

प्रमुख खुलालले स्थानीय तहका वडा अध्यक्ष र सदस्यहरु तथा टोल विकास संस्थाका प्रतिनिधिलाई विश्वभर महामारीको रुपमा फैलिएको र हामी पनि ठुलो जोखिममा रहेको हुँदा कोरोना भाइरस (कोभिड–१९)को सचेतनासँगै अनुगमन र निगरानी गर्न बिशेष आग्रह गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पुर्ण जनप्रतिनिधि वडा अध्यक्ष, सदस्यलगायत टोलविकास संस्थाहरुलाई आ–आफ्नो स्थानीय तहका वडाहरुमा घर/घरमा पुगेर बाहिरबाट टोलमा आएका तथा विदेशबाट फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलाले आग्रह गर्नुभयो । सरकारले भाइरस रोकथामका लागि गरेको लकडाउनको निर्णय पालना गराउने काममा लाग्न समेत उहाँले जनप्रतिनिधिहरुलाई बिशेष आग्रह गर्नुभएको छ ।

प्रमुख खुलालले सबै नागरिकलाई घरमै बसेर सुरक्षित रहन तथा बाहिर ननिस्कन, भिडभाडमा नजान बिशेष आग्रह गर्नुभएको छ । कुनै विशेष कारणले घर बाहिर जानै परेमा कम्तीमा तीन फिटको दुरी कायम गर्न आग्रह गर्दै कोरोना आफै घर भित्र नआउने भएकाले सानो लापरवाहीले ठूलो जोखिम निम्तिन सक्ने तर्फ गम्भिर हुन आग्रह गर्नुभयो ।

प्रमुख खुलालले बिना काममा कोरोना लिन कै लागि घर बाहिर नजान आम सर्वसाधारण सम्पुर्णलाई सुझाव दिनुभएको छ । विशेष गरि वडा अध्यक्षहरु र सदस्यहरु तथा टोल विकासहरुलाई यस कार्यमा निगरानी तथा अनुगमन गर्नुका साथै कसैले सरकाराको निर्णयको अवज्ञा गरेमा स्थानीय प्रशासनलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button