तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो दुर्घटनाका दुई घाइतेलाई थप उपचार गर्न धरान पठाइयो

भोजपुर । भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिका १ स्थित भित्री सडकखण्डमा संखुवासभाबाट कुलुङतर्फ आउँदै गरेको को १ ज ३६४८ नं. को बोलेरो गाडी आँफै अनियन्त्रित भएर दुर्घटना हुदाँ घाइते भएका चालक र मालिकलाई थप उपचारका लागि धरान पठाइएको छ ।

गाडी सडकबाट करिव २५ मिटर तल झरी दुर्घटना हुँदा बोलेरो चालक जिल्ला संखुवासभाको माङ्तेवाका बस्ने बर्ष १९ का अमृत राईको बाँया खुट्टाको तिघ्रा भाँचिएको साथै बाँया पट्टिको करङमा चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो ।

त्यस्तै बोलेरो गाडीमा सवार गाडी मालिक सोही स्थान बस्ने ४० बर्षका आशकुमार राईको निधारमा चोट लागेको छ । मंगलवार भएको दुर्घटनाका घाइते दुबै जनालाई उपचारार्थ जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाइएकोमा थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरी निरक्षिक राजवंशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button