२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसका कारण प्रतिनिधि सभा स्थगित

तुलसी सापकोटा २०७६ चैत १२ गते १३:५५

काठमाडौं । भोलीका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक कोरोना भाइरस कोभिड १९ का कारण सूचना जारी गरी चैत २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

कोरोना भइरस कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाको आवत जावतमा रोक लगाएका कारण भोलीको बैठक स्तगित गरिएको सूचनामा बताइएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते आइतवार दिउसो १ वजे बस्ने समय निर्धारण गरिएको छ ।