तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा २८ हजारको स्वास्थ्य परीक्षण, थप एक स्थानमा हेल्थ डेस्क स्थापना

सल्यान । सल्यानको कपुरकोटमा सञ्चालित हेल्थ डेस्कमा हालसम्म २८ हजारको स्वास्थ्य परीक्षण गरिएको छ । फागनु १ गतेबाट सञ्चालित हेल्थ डेस्कबाट २८ हजार आठ सय ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

अहिलेसम्म हेल्थ डेस्कमा परीक्षण गरिएका कुनै पनि व्यक्तिमा कोरोना भाइरससँग मिल्ने लक्षण फेला नपरेको हेल्थ डेस्कका फोकल पर्सन देवेन्द्रकुमार सेनले बताउनुभयो । नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै कपुरकोट नाकाबाट निकै कम मात्रामा सर्वसाधारण हिडडुल गरि रहेको उहाँको भनाई छ । लकडाउन हुनुभन्दा पहिले यात्रुहरुको निकै चाप रहेको बताउदै उहाँले उक्त समयमा प्रयाप्त उपकरण र जनशक्तिको अभाव रहेको बताउनुभयो ।

कोरोना भाईरसबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

बालुवासंग्रहीमा हेल्थ डेस्क स्थापना
यस्तै सल्यानको बालुवासंग्रहीमा थप हेल्थ डेस् स्थापना गरिएको छ । बनगाड कुपिन्डे नगरपालिका १० बालुवासंग्रहीमा नेपाली सेनाले हेल्थ डेस्क स्थापना गरेको हो । जिल्लाका दुई नाकामध्ये कपुरकोट नाकामा मात्र हेल्थ डेस्क स्थापना गरिएको थियो ।

सुर्खेतको केही भाग, जाजरकोट, डोल्पा, रुकुम पश्चिम जिल्लाको नाकाको रुपमा रहेको जिल्ला प्रवेश गर्ने हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । नेपाली सेनाको जनशक्ति र उपकरणको माध्यमबाट डेस्क स्थापना गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button