तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा ४५ जना क्वारेनटाइनमा, कुन पालिकाको अवस्था के ?

फाइल तस्बिर

कपिलवस्तु । कपिलवस्तु जिल्ल्मा बुधबारसम्म ४६ जनालाई क्वारेनटाइनमा राखिएको छ । मुलुकभर कोरोनाको सन्त्रास बढिरहेका बेला कपिलवस्तुका बिभिन्न स्थानबाट कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई क्वारेनटाइनमा राखिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार सबैभन्दा धेरै कृष्णनगरमा ३६ जनालाई क्वारेनटाइनमा राखिएको हो ।

उनीहरु सबै भारतबाट नेपाल फर्कने क्रममा सिमा नाकामा अलपत्र परेका कारण केन्द्र सरकारको निर्णय अनुसार नेपाल भित्त्राएर क्वारेनटाइनमा राखिएको पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

कृष्णनगरपछि कपिलवस्तु नगरपालिकामा आठ जना र मायादेवी गाउँपालिकामा एक जनालाई क्वारेनटाइनमा राखिएको छ । उनीहरुलाई १४ दिनको निगरानी गरेपछि मात्र घर जान दिइने जनाइएको छ । यस्तै जिल्लाका अन्य पालिकामा कसैलाई पनि क्वारेनटाइनमा राख्नु पर्ने अवस्था नआएको बताइएको छ ।

मंगलबार (हिजो) बुद्धभूमि नगरपालिकामा क्वारेनटाइनमा बसेका मध्ये बुद्धभूमि नगरपालिकाका एक जनालाई घर पठाइएको छ । कतारबाट आएका उनी फ्रान्सकी युवतीसंगै एउटै विमानमा नेपाल आएको आशंकामा उनलाई क्वारेनटाइनमा ल्याइएको थियो ।

कोरोनाको लक्षण नदेखिएपछि उनलाई बुधबार घर पठाइएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट हुन सक्ने जोखिम नियन्त्रणको लागि सरकारले मुलुकलाई ‘लकडाउन’ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button