तपाईँ सुन्दै हुनुहुन्छः

निषधाज्ञा पालना नगर्ने ९२ मोटरसाईकलसहित १३ जना नियन्त्रणमा

बारा । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञालाई उल्लंघन गर्ने ९२ वटा मोटरसाईकलसहित १३ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।कलैयामा मिठाई पसल खोलेकका दुई जना व्यक्तिसहित अन्य ११ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाको बिभिन्न ठाँउबाट प्रशासनले जारी गरेको निषेधाज्ञालाई अटेर गरी मोटरसाईकल चलाउने ९२ जनाको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता  मिश्रले बताउनुभयो । त्यस्तै एक टेम्पु , एक बोलेरोलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कलैयामा निषेधाज्ञाको आम नागरिकले पालना नगरेपछि प्रहरीले बाध्य भएर समात्ने अभियान थालेका प्रवक्ता मिश्रले बताउनुभयो ।

जिल्लामा सर्वसधारणहरुलाई घरबाट ननिस्कने प्रहरी प्रशासनले सचेत गराउनका लागि माईकिंग समेत थालेका छन् । लक डाउनको प्रभाव पुर्णरुपमा बढ्दै गएको छ ।

कोरोना भाईरसबाट बच्न र अरुलाई बचाउनका लागि घरमा नै बस्न बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले जिल्लाबासीलाई आग्रह गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड१९)को जोखिम नियन्त्रणका सन्दर्भमा नेपाल सरकारबाट विशेष आदेश जारी भई जिल्ला प्रशासन कार्यालय बाराबाट निषेधाज्ञा समेत जारी भएको छ ।

जारी निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधनहरू मध्ये ट्रिपर तीन वटा, ट्रक नौ वटा), ट्र्याक्टर २० वटा), जीप पाँच वटा), बोलेरो छ वटा, स्कर्पियो दुई वटा र मोटरसाइकल एक सय ६० वटा गरी जम्मा दुई सय पाँच वटा सवारी साधनलाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक कारवाही एवं सम्झाई बुझाई गरी चैत्र ११ गते बेलुका छोडिएको प्रवतmा मिश्रले बताउनुभयो ।

अन्य कुनै अप्रिय घटना नघटेको, स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद .पडितले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button