तपाईँ सुन्दै हुनुहुन्छः

राहत कोषमा उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ को सहयोग

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं ५ सरकारले स्थापना गरेको राहत कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ समितिले रु दुई लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण देश विषम परिस्थितिमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विभिन्न प्रयासहरु भइरहेका सन्दर्भमा उद्योगी व्यवसायीका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यसमिति सदस्य उज्जल कसजुले जानक दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका अध्यक्ष गुणनिधि तिवारीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई पत्राचार गरेर महासङ्घले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण कोषमा उद्योगी व्यवसायीका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारीसमेत गराउनुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button