तपाईँ सुन्दै हुनुहुन्छः

आइसीसीको नयाँ वरियतामा नेपाल यथास्थानमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यसअघिको वरियतामा यथावत रहन सफल भएको छ ।

पछिल्लो पटक टी २० मा पनि निकै खराव प्रर्दशन गरेको नेपाल वरियतामा भने यथावत रहेको हो । नेपालको टी २० मा उच्च वरियता ११ औं स्थानको छ । लामो समय १२ औं स्थानमा रहेको नेपाल अघिल्लो महिनाको वरियतामा तीन स्थान तल झरेको थियो ।

कुनै बेला नेपाल भन्दा तल रहेको युएई र स्कटल्याण्ड अहिले माथि रहेका छन । स्कटल्याण्ड १२ औं र युएई १४ औं स्थानमा रहेका छन । विश्व वरियताको शिर्ष स्थानमा पाकिस्तान, दोस्रोमा अष्ट्रेलिया, तेस्रोमा इंग्ल्याण्ड रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button