तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा लकडाउन उल्लंघन गर्ने ४२ सवारी साधन कारवाहीमा

बीरगंज । कोराना रोकथामको लागि सरकारले जारी गरेको लकडाउन को उल्लघन गरी अनावश्यक काममा बाहिर चलाईएका ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज साँझ सम्म भएको कारवाहीमा लकडाउनको जवरजस्ती उल्लंघन गर्ने र अटेर गरेको आरोपमा ३४ वटा मोटर साईकल एउटा टयाक्टर, ३ वटा पिक भ्यान, एउटा अटो रिक्सा र एउटा मिनी ट्रक नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता विरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

यसैगरी पर्सा प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका पैदल तथा साईकल यात्रीलाई सम्झाई बुझाई गरेर घर फर्काईएको र नमान्नेलाई बल प्रयोग गरि सडकबाट हटाएको थियो ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ । प्रहरीले सडकमा निस्किनेलाई कडा कारवाही गरेसँगै मंगलबार भन्दा आज बीरगंजका सडकहरु सुनसान देखिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button