तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिकमले शत प्रतिशत बोनस दिने

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन मोवाईल सेवाको रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ ।

नेपाल टेलिकमले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन सन्दर्भमा त्यस्तो व्यवस्था गरेको हो र त्यसतो व्यवस्था चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने नेपाल टेलिकमले जनाएको छ ।

वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको GSM तथा CDMA को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट Pay-as-you-go (प्याकेज बाहेकको दररेट) अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन ।

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button