तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले थाल्यो आकस्मिक निरीक्षण

पोखरा । कोरोना भाइरसको संक्रमण र रोकथामको लागि सरकारले अवलम्बन गरेको लकडाउनले अत्यावश्यक बस्तुको कृतिम अभाव र महँङ्गी हुन सक्ने भन्दै गण्डकी प्रदेश सरकारले त्यसको आकस्मिक अनुगमन गरेको छ ।

तरकारी फलफूललगायत दैनिक उपभोग्य वस्तुको आपूति अवस्थाको बारेमा जानकारी लिन आज पोखराको शान्तिवन स्थित कृषि उपज बजारको अनुगमन गरिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

त्यसक्रममा व्यवसायीहरुले विहान ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा मात्रै बजार खुल्ने गरेकोकाल त्यस समयमा झन् भीड भएको गुनासो गरेका थिए ।

उद्योग वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अनुगमनको क्रममा अत्यावश्यक बस्तुको अभाव र मूल्यवृद्धि नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button