२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका एक युवालाई कोरोनाको आशंका

सागर परियार २०७६ चैत १२ गते २०:४९


जुम्ला । जुम्लाका एक यूवालाई कोरोनाको आशंकापछि क्वारेन्टाईनमा राखिएको छ । सिंजाका ३२ वर्षिय यूवा भारतको कास्मीरबाट आएको करिब ११ दिनपछि चेकजाँच गर्दा उच्च ज्वरो देखिएपछि क्वारेन्टाईन्मा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताउनुभयो । उहाँका अनुसार उनी युवालाई विगत सात दिनदेखि निरन्तर उच्च ज्वरो र खोकी लागेको थियो ।

आफै उपचारका लागि शिक्षण अस्पताल जुम्ला पुगेका उनलाई चेकजाँच गर्दा कोरोनाको लक्षण देखिएपछि कर्णाली प्राविधिक शिक्षालय स्थित क्वारेन्टाईन्मा रोखिएको डाक्टर रावलको बताउनुभयो । जुम्लामा लक डाउनका बीच पनि दैनिक हजारौ नागरिक भारतबाट भित्रि रहेकाले कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । हेल्थडेक्सहरुमा चेकजाँचमा कडाई गर्न समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।