तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कोषमा दुई लाख ५१ हजार

परासी। उद्योगी व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ ले प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु दुई लाख ५१ हजार प्रदान गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको रु १० करोडको कोषमा सो रकम उपलब्ध गराइएको महासङ्घ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिनुभयो । विपद्मा सरकारलाई जुनसुकै सहयोग गर्न व्यवसायी तयार रहेको उहाँको भनाइ थियो । कोषमा स्वेच्छिक सहयोग गर्न चाहानेका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाको खाता नं. ३१२०५०३०००३०१ मा रकम जम्मा गर्न आग्रह गरेको छ । कोषमा हालसम्म प्रदेशका छ मन्त्रीले एक÷एक महिनाको तलब उपलब्ध गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button