तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको आह्वान पालन गर्न वरिष्ठ नेता नेपालको आह्वान

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंंयम् हुन र सचेतना अपनाउन अपिल गर्नुभएको छ ।

नेता नेपालले आज ट्विट गर्नुहुँदै कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि सरकार र विश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशनहरुको पालना गर्न आम नागरिकलाई आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button