तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन गर्दै प्रशासन

सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले बिदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संलकन सुरु गरेको छ । विश्वका बिभिन्न देशमा रहि फर्र्किएकाहरुको तथ्यांक संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाका दश वटै स्थानीय तहसँग समन्वय गरेर प्रत्येक वडामा बिदेशबाट आएका व्यक्तिहरुको नाम संकलन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । बिदेशबाट फर्किएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरिने उहाँको भनाई छ ।

उहाँले बिदेशबाट आएका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा क्वारेनटाइनमा राख्न पनि यसप्रकारको तथ्यांकले मद्दत पुग्ने बताउनुभयो । सल्यानबाट भारतमा बढी मात्रामा मानिसहरु जाने भएकाले ती व्यक्तिहरुमा कोरोनाको संक्रमण बढी हुन सक्ने भएकाले सुरक्षित तरिकाले घरमै बस्न उहाँले आग्रह गर्नुभयो । उहाँले कोरोनाको कुनै लक्षण देखिए तत्काल स्वास्थ्यकर्मी तथा प्रशासनमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button