तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आएका ३१ जना क्वारेन्टाईनमा

जुम्ला । भारतबाट जुम्ला भित्रिएका ३१ जनालाई क्वारेन्टाईन्मा राखिएको छ । यहाँको हिमा गाउँपालिका २४ जना, पातारासी गाउँपालिमा छ जना, र चन्दननाथ नगरपालिकाको स्थित प्राविधिक शिक्षालयमा एक गरी जना गरी ३१ जनालाई क्वारेन्टाईन्मा राखिएको हो ।

हिमा गाउँपालिकाले विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड१९)को संक्रमणको जोखिमबाट बच्न अनिवार्य क्वारेन्टाईन्मा राख्ने निर्णय गरेको छ ।

सोहि अनुसार भारतबाट आएका २४ जनालाई १४ दिन्सम्मका लागि क्वारेन्टाईनमा रोखिएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार राहदेव मावि माफ्लास्थित क्वारेन्टाईन्मा १९ जना र भानु मावि पाथरखोलास्थित क्वारेन्टाईन्मा पाँच गरी २४ जनालाई १४ दिनसम्मका लागि क्वारेन्टाईन्मा राखिएको छ ।

त्यसै जिल्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकाले पनि भारतबाट आएका छ जनालाई १४ दिनका लागि क्वारेन्टाईन्मा राखेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो ।

बाटोमा बिभिन्न ठाउँ हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गराएपनि लकडाउनका बेला भारतबाट आएका कारण छ जनालाई क्वारेन्टाईन्मा राखिएको हो ।

पातारासी छिर्ने सबैको रेर्कड राख्न उर्थुचौतारामा हेल्थ डेक्स समेत राखिएको छ । भने लकडाउनका बीच पनि हिजोसम्म जुम्लामा करिब २६ सय ७७ जना भित्रिएका छन् । भने क्वारेन्टाईन्मा जिल्लाभरी ३१ जना मात्रै रहेका छन् ।

बाहिरबाट आउने रहेक दाजुभाई दिदीबहिनीहरुले अनिवार्य स्वास्थ्य चेकजाँच गरेर जिम्मेवारी नागरिकको दायित्व पुरा गर्न प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडले अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button