तपाईँ सुन्दै हुनुहुन्छः

प्रकोपको बेला ओहोरदोहोर बढी भएपछि स्थानीयले गरे रुख तेर्स्याएर बाटो बन्द

मेलम्ची । सिन्धुपालचोकको मेलम्ची १ भोटेचौर खाल्डेमा स्थानीयले बाटो बन्द गराएका छ्न । प्रकोपको बेला ओहोरदोहोर बढि भएपछि स्थानीयले रुख तेर्स्याएर बाटोबन्द गरेको स्थानीय रमेश चौलागाईंले जानकारी दिनुभयो ।

अत्यावस्यक यातायातका साधन र ब्यक्तिलाई भने अबरोध नगरिने स्थानीयले बताएका छन् । सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको संख्या निकै रहेको स्थानीय बताँउछन् ।

काठमाडौँ र सिन्धुपालचोकको सीमानामा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था नभएकाले रोगको संक्रमण बढन सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयको भनाइ छ ।

बाटो अबरुद्ध भएपछि ईलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तमाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button