तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला : ‘लकडाउन’को अवज्ञा गर्नेप्रति प्रशासन आक्रामक

जुम्ला । विश्वव्यापी माहामारीकारुपमा फैलिएको नोवल कोरोना भाईरसको संक्रमणको बच्न सरकारले लगाएको ‘लकडाउन’को आज तेस्रो दिन जुम्ला बजार हिजोअस्तिभन्दा निक्कै सुनसान छ । लकडाउनको अवेज्ञा गर्नेहरुप्रति प्रहरी प्रशासनपनि निक्कै आक्रमक बनसँगै जुम्ला सुनसान बनेको हो ।

हिजो अस्ती केही व्यक्तिले ‘लकडाउन’को अवज्ञा गरेको पाइएपछि आजदेखि जुम्लामा लकडाउनको कार्यान्वयनमा कडाई गरिएसँगै परिस्थिति निक्कै राम्रो देखिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भयो ।

सदमुकाम सहित जिल्लामा अत्याआबश्यक काम बाहेक सकडमा बरालिएर हिड्ने, समुह बनाउने, सवारी चलाउने सबैलाई नियन्त्रण तथा कारबाही गर्न निर्देशन दिइएको प्रजिअ बञ्जाडेले बताउनुभयो ।

हिजो अस्तीको अबस्थालाई मध्यनजर गर्दै आजबाट लकडाउन कार्यान्वयनका लागि थप कडाई गरिएको डिएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदरमुकाम वरपरका भिडभाड हुने क्षेत्र कालेखोली, कृष्णमन्दीर, बसपार्क, अस्पताल रोड एयर्पोट लगायत विभिन्न चोकमा प्रहरी खटाइएको छ । आज लकडाउनको उलंघन गर्ने २० जनाभन्दा बढीलाई जिप्रका अगाडीबाट सम्झाएर फेरी देखिए सिधै नियन्त्रणमा लिने चेतावनी सहित छोडिएको धामीको भनाई छ ।
प्रहरीले कडाई गरेका कारण जुम्ला सदरमुकाम दुईदिन अघिको भन्दा निकै सुनसान देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button