तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाले निःशुल्क दुईवटा एम्बुलेन्स चलाउने

लमजुङ । लमजुङको क्व्होलोसोथर गाउँपालिकाले निःशुल्क दुईवटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका, आशङ्का भएका र कुनै बिरामीलाई परीक्षणका लागि पालिकावासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्रको कुनै पनि नागरिकमा सङ्क्रमण हुन सक्ने र भएमा तत्काल उपचारका लागि दुई एम्बुलेन्स निःशुल्क गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको आफ्नै एम्बुलेन्स नभए पनि विभिन्न ठाउँबाट भाडामा लिएर सङ्क्रमणको अवधिभर गाउँपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागिएको हो ।

गाउँपालिकाले वडा नं. १ देखि ४ वडावासीका लागि ग२च ७३९२ नंको एम्बुलेन्स र वडा नं. ५ देखि ९ नम्बर वडावासीका लागि ग१झ ४४८ नम्बरको एम्बुलेन्स गरी दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताउनुभयो । उहाँले भन्नुयो, “ अन्य स्थानबाट गाउँपालिका प्रवेश गर्ने मानिसलाई फर्काएका छौँ ।” गाउँपालिकाको दुई स्थानमा स्वास्थ्य सहायत कक्ष राखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button