तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि दाङका सबै वडामा सर्वदलीय समिति गठन हुने

घोराही । कोरोना भाइरस (कोभिड-१९ ) नियन्त्रणका लागि दाङका सबै वडामा सर्बदलीय समिति गठन हुने भएका छन् । कोरोना अस्पताल बेलझुण्डीको बैठकले जिल्लाका रहेका सय वटा वडामा समिति गठन गर्ने निर्णय गरेको हो ।

अस्पताल ब्यबस्थापन समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस न्यूनीकरणका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

भारतलगाययत तेस्रो मुलुकबाट आएका श्रमिक जिल्लाका सबै वडास्तरमा हुन सक्ने भन्दै उनीहरुको खोजीका लागि समिति गठन गर्न लागिएको छ । वडास्तरमा बन्ने समितिको नेतृत्व स्वयम वडाध्यक्षले गर्ने निर्णय समेत भएको छ ।

यस्तै लकडाउनको समयमा हुन सक्ने सम्भावित खाद्यान्नको ब्यवस्थापन र बिपन्न परिवारमा हुने सक्ने संकटको ब्यबस्थापनका लागि पनि उक्त समितिले काम गर्ने छ ।

बैठकमा समितिका सदस्यहरु जीबन गौतम, अमरबहादुर डाँगी, डिल्लीबहादुर चौधरी, इन्द्रजीत थारु, जितेन्द्रमान नेपाली र जिल्लास्थित प्रमुख दलका प्रमुख र प्रतिनिधि रहने ब्यवस्था गरिएको छ ।

अस्पताल ब्यबस्थापन समितिलाई कानूनी रुपमा अस्पताल ब्यबस्थापन समिति भनिए उच्चस्तरिय राजनीतिक समितिका रुपमा काम गर्ने अधिकार दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button