तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा लकडाउन हुँदा मोटरसाइकल ओहोरदोहोर बढि भएपछि स्थानीयले गरे बाटो बन्द


इलाम । इलाम नगरपालिका ८ मा स्थानीयबासीले बाटो बन्द गराएका छ्न । कोेरोना संक्रमण (कोभिड १९)का कारण देशभर लकडाउन हँुदा मोटरसाइकलमा ओहोरदोहोर बढि भएपछि स्थानीयले बाँस राखेर सुचनासहित बाटो बन्द गरेको स्थानीय रमेश भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाको ग्रामीण सडकमा सवारी सञ्चालन गर्नेको संख्या बढी भएपछि स्थानीयले बाटो बन्द गराएका हुन ।

अत्यावश्यक यातायातका साधन र ब्यक्तिलाई भने नरोकिने स्थानीय टंक सुवेदीले बताउनुभयो ।

भित्री सडक आसपास स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था नभएकाले रोगको संक्रमण बढन सक्ने भन्दै स्थानीन त्रसित भएपछि बाटो बन्द गरिएको स्थानीय बताउछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button