तपाईँ सुन्दै हुनुहुन्छः

इलाम नगरपालिकामा कोरोना नागरिक सुरक्षा कोष स्थापना

इलाम । कोरोना भाइरस (कोभिड -१९)को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्न इलाम नगरपालिकाले कोरोना नागरिक सुरक्षा कोष स्थापना गरेको छ ।

कोषमा नगरपालिकाले तत्काल १० लाख रुपैया रकम जम्मा गरी खर्चको व्यवस्थापन गर्ने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनु भएको छ ।

इलाम नगरपालिका स्थापना गरेको कोषमा इलाम नगरपालिकाका जनप्रतिनिधिहरुको एक महिनाको सुविधा बराबरको रकम तत्काल जम्मा गर्ने जनाइएको छ ।

कोषमा स्वेच्छिक रुपले योगदान गरी सहयोग गर्न इलाम नगरपालिकाका कर्मचारी, शिक्षक, इलाम नगरपालिकाका विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आव्हान समेत गरेको छ ।

इलाम नगरपालिकाको यस आव्हान अनुसार इलाम नगरपालिकाका कर्मचारी र शिक्षकहरुबाट एक दिन बराबरको तलब जम्मा गरिने भएको छ ।

कोरोना भाइरस (कोभिड -१९) नियन्त्रण तथा रोकथामका लागि लकडाउनको समयमा औषधीको नियमित आपूर्ति गरी औषधी अभाव हुन नदिने व्यवस्थाका लागि इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय र औषधी व्यवसायी संघ बीचको छलफल गरी नगरपालिकाले औषधी ढुवानीको व्यवस्था मिलाउने भएको छ ।

नगरपालिकाले इलाम नगरपालिकामा खाद्यान्न, औषधी लगायत अत्यावश्यक सामग्रीहरुको नियमित आपूर्ति व्यवस्था मिलाई सहयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय इलाम र इलाम उद्योग वाणिज्य संघ इलामलाई अनुरोध गर्ने भएको छ ।

अत्यावश्यक औषधी तथा चिकित्सा क्षेत्रका लागि आवश्यक सामग्रीहरुको व्यवस्था मिलाउनका लागि संघीय सरकार र १ नं। प्रदेश सरकारमा अनुरोध गर्ने जनाइएको छ ।

इलाम नगरपालिका ६ मा रहेर्को डा। मेघबहादुर पराजुली सामुदायिक अस्पताल सिंगफ्रिङ्गमा बनाइएको क्वारेन्टाइनमा इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका छ जनालाइ राखिएको छ । इलाम नगरपालिकाका तीन जनालाई सेल्फ क्वारेन्टाइनमा आप्mनो घरैमा बस्न अनुरोध गरिएको छ ।

कोरोना भाइरस (कोभिड -१९) प्रभावित देशहरुबाट यात्रा गरी केही समयअघि घर आएका व्यक्तिहरुलाई सावधानी अपनाउन, सेल्फ क्वारेन्टाइनमा बस्न र अस्पतालमा सम्पर्कमा आउन वडाध्यक्षहरु मार्पmत आव्हान गरिसकेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button