तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकामा १६ जना नेपाली दुई दिनदेखि अलपत्र

नेपालगन्ज । बाँकको नेपालगन्जस्थित जमुनाहा सीमा नाकामा १६ जना नेपाली दुई दिनदेखि अलपत्र परेका छन् । उनीहरु भारतको गुजरातबाट गाडी रिजर्भ गरेर हिजो (बुधबार) बिहान आएका हुन् ।

उनीहरुको समूहमा दुईजना महिला र दुई बालक पनि छन् । उनीहरु मध्ये एक जना सुर्खेत र बाँकी सबै दैलेखका हुन् ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले क्वारेन्टाइनमा बस्ने सर्तसहित नाकामा रहेका सबैलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button