तपाईँ सुन्दै हुनुहुन्छः

उच्च ज्वरोपछि एक बालक आईसोलेसनमा

जुम्ला । जुम्ला तातोपानी गाउँपालिकाका ११ वर्षिय बाकलाई उच्च ज्वरो देखिएसँगै आईसोलेसनमा राखिएको छ । चेकजाँचका क्रममा उच्च ज्वरो देखिएपछि उनलाई सिधै आईसोलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुनिल बुढाथोकीले बताउनु भयो ।

उहाँका अनुसार बच्चामा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ । बालकका बुबा ५ दिन अगाडी भारतबाट आएको समेत खुलेको छ । २÷३ दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा ज्वरो नाप्दा कोरोनाको लक्षणसंग मिल्दो जुल्द भएपछि आईसोलेसनमा राखिएको बुडाथोकीले जानकारी दिनुभयो ।

बालकलाई कोरोनाको रिर्पोट नआउन्जेलसम्म आईसोलेनसमै राखि उपचार गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button