तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको फलेवासमा ६५ जना र बिहादीमा ४५ जना होम क्वारेण्टाइनमा

पर्वत । पर्वतको फलेवास नगरपालिकाले बिदेशबाट फर्किएका ६५ जनालाई होम क्वारेण्टाईनमा राखेको छ ।

कोरोना भाईरसको त्रास फैलिरहेको बेला फलेवास नगरपालिकाले सबै वडा कार्यालय मातहतबाट खोजी गरि उनीहरुलाई क्वारेण्टाईनमा राखेको हो ।

बिदेशबाट फर्किएकाहरुलाई १४ दिनसम्म आफ्नो निगरानी आफैँ गर्न र घरबाट बाहिर ननिस्किन अनुरोध गरिएको फलेवासका स्वास्थ्य संयोजक रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको विहादी गाउँपालिकाले हालसम्म ४५ जना विदेशबाट केहीसमय अघि मात्रै गाउँपालिका भित्र आएको सुुचि निकालेको छ ।

गाउँपालिकाले विदेशबाट आएको सुचि तत्काल निकाल्न वडाअध्यक्षहलाइ दिएको निर्देशनका आधारमा गाउँपालिकाले यस्तो सुचि निकालेको हो ।

हालसम्म ४५ जना सम्पर्कमा आएका गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । विदेशबाट आउनेहरुलाई स्वास्थ्यकर्मी, जनप्रतिनिधि र प्रहरीको समन्वयमा घरमै बस्न र बाहिर ननिस्कन निर्देशन दिइएको भुसालले बताउनुभयो ।

दुई दिनसम्म खोजतलास अभियानमा फेला परेकाहरुलाई निगरानी गरिएको छ भने आज पनि खोजी कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भुसालका अनुसार बिदेशबाट आउनेहरु मध्येमा हालसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन् । स्वास्थ्यमा समस्या आएमा उनीहरुको उपचारका लागि रिफर गरिनेछ । उहाँले सबै स्वास्थ्य चौकीका कर्मचारीहरु हाइअलर्टमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button