तपाईँ सुन्दै हुनुहुन्छः

अझै छोएन लकडाउनले ग्रामिण क्षेत्रलाई

सर्लाही । कोरोना भाइरस (कोभिड–१९)बाट बच्न सरकारले मंगलबारदेखि देशभर एक साताका लागि ‘लकडाउन’ गरेको छ ।

तर एक साता अर्थात चैत १८ गतेसम्म लकडाउन नेपाललाई सरकारले गरे पनि सर्लाहीको ग्रामिण क्षेत्रमा लक डाउनले खासै छोएको छैन् ।सर्वसधारण लकडाउन नियम कतिपयले सूचनाको अभावमा त कतिपयले जानी जानी नै अवज्ञा गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार नै अति आवश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्कन तथा अति आवश्यक खाद्यान्य बस्तु बाहेकको व्यवसाय, बिक्री वितरण बन्द गर्ने निर्णय गरेको थियो । प्रशासनको निर्णयलाई कतिपयले बुझेर र कतिपयले नबुझेर नै लकडाउनको अवज्ञा गरेको चन्द्रनगर गाउँपालिका वडा नं.२ का युवा नवल नेपालले गुनासो गर्नुभयो ।सिङ्गो देश कोरोना भाइरस (कोभिड–१९)को त्रासमा छ ,सरकारले हाम्रै जिवन रक्षाको लागि यस्तो निर्णय गरेको हँुदा हामी सबै नेपालीले नियम पालन गर्नुको साट्टो नियम मिचेर सवारी साधन गुडाउनु दुःखद भएको  अर्का युवा रिकी साहले बताउनुभयो ।

उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले मंगलबारबाट एक साताको लागि नेपाललाई लकडाउन गरिए पनि आफुहरु बाध्यताले काम गरेको चन्द्रनगर गाउँपालिका वडा नं. २ बस्ने सुर्ति किसान बिक्रम दासले बताउनुभयो । एक हप्तासम्म कुर्दा पुरै सुर्ति नै बिग्रिने भएको हुदाँ पनि आफुले जानी जानी बाध्यताले काम गरेको किसान दासको भनाई छ ।

सर्लाहीका हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवा,हरिपुर, मलंगवा, बागमतीलगाायतका स्थानीय तहहरुको मुख्य व्यापारीक स्थलहरुमा लकडाउनको पालना भएपनि ग्रामिण क्षेत्रमा समान्य लकडाउन भएको स्थानीयहरुको भनाई छ ।

त्यस्तै नागरिक समाजका अगुवा तथा नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रजनिकान्त झाले मंगलबार पुर्व पश्चिम राजमार्ग, नवलपुर मलंगवा सडकखण्ड लगायत बिभिन्न ठाउँमा लकडाउन सफल भएको छ, भने ग्रामिण क्षेत्रमा केही ठाउहरुमा सफल भए पनि धेरैले अवज्ञा गरेको प्रति दुःख प्रकट गर्नुभयो ।

उहाँले हामीले सर्वप्रथम जनता बाँच्नु पर्नेहुन्छ, बाँच्नको लागि सरकारले जनताको लागि लगाएको नियम पालना गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै लकडाउनको अवज्ञा गर्ने दुई जना व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरी समझाई बुझाई छाडेका छन् ।एक जना मलंगवा नगरपालिका चौकबाट र एक जना ईश्वरपुर नगरपालिकाबाट पक्राउ गरी छाडिएको हो ।

त्यस्तै बिहानदेखि नै स्थानीयहरु घरबाट ननिसकिन नेपाल प्रहरीले माईकिङ्ग गरेको र प्रहरी भएको ठाउँहरुमा लकडाउनको अवज्ञा नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवरले जानकारी दिनुभयो । उहाँले हामी अलर्ट छाँै हामीले गर्नु पर्ने कर्तव्य गरिराखेका प्रवक्ता कुवरले बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले सिंगो देश नै संकटमा छ ,हामी सबै मिली कोरोना भाइरस (कोभिड १९) समस्या समाधान गर्न लकडाउनको पालना गर्नु सबै नेपाली नागरिकको दायित्व भएको बताउनुभयो ।उहाले भन्नुभयो हामीले भन्नु भन्दा पनि नागरिक आफै सचेत हुनुपर्छ ।

त्यस्तै जिल्ला समन्वय समिति सभापति मेथुर चौधरीले सर्लाहीमा लकडाउन प्रभावकारी रुपमा पालना भएको बताउनुभयो ।

उहाँले ग्रामिण क्षेत्रमा पनि प्रभाव परेको छ, मानिसहरु सचेत हुँदै गईरहेकोले सबैले आआफनै ठाउँबाट नियम पालना गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button