२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्यानिटाइजर उत्पादन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

सागर परियार २०७६ चैत १३ गते १७:५४

जुम्ला । देशभर अभाव भैईरहेको अबस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैले स्यानीटाईजर उत्पादन कार्य शुरू गरेको छ । नोवल कोरोना भाईरसको संक्रमणबाट वच्न अत्याआबश्यक पर्ने स्यानिटाईजर प्रतिष्ठानले आफै उत्पादन थालेको हो ।

नर्सिङ र फार्मेसीको टिमले प्रतिष्ठानभित्र १२ लिटरजति स्यानिटाइजर उत्पादन गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो । स्यानीटाईजर उत्पादनका लागि केही कच्चा पर्दाथ भएकाले टोलीले बनाएको हो ।

त्यो एक महिना पनि पुग्दैन्, कच्चा पर्दाथ भएको खण्डमा प्रतिष्ठानले जतिपनि बनाउन सक्ने निर्देशक रावललको भनाई छ । धेरै डाक्टर चिकित्सक एकै साथ उपचारमा सहभागी हुने भएकाले स्यानिटाईजर निकै आवश्यक रहेको अस्पतालले जनाएको छ ।

‘कोरोना भाइरसबाट सुरक्षित हुन स्यानिटाइजर, साबुनपानीले हात धुनुपर्ने हुन्छ,’ निर्देशक डाक्टर रावलले भने, ‘त्यसैले हामीले यहीँ स्यानिटाइजर उत्पादन गरेका हौँ ।’

त्यसैगरी उपचारका लागि स्वास्थ्यकर्मीलाई सुरक्षित गर्ने स्थानीय स्तरमा प्लाष्टिकको सुरक्षा सामग्री अर्थात् पिपिई पनि बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

अमेरिकन नेपाल मेडिकल फाउन्डेसनले केही पिपिई सामग्री उपलब्ध गराएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताउनुभयो ।

प्रतिष्ठानले सरोकारवाला निकायको समन्वयमा जुम्ला विमानस्थल र जुम्लाको प्रवेशद्वार नाग्ममा हेल्थ डेस्क स्थापना गरेको छ ।

त्यसैगरी कर्णाली प्राविधिक शिक्षालय जुम्लाले सय बेडको क्वारेन्टाइन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै एक सय २० बेडको आइसोलेसनको व्यवस्थापन गरेको छ ।