तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र परेका ६४ जनाको उद्धार

बैतडी । ‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एकमात्र नाका झुलाघाट सिल भएपछी ट्युबवाट नेपाल आएका उनीहरुको उद्धार गरिएको हो ।

दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी, दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरुको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले जानकारी दिनुभयो । महाकाली नदीमा ट्युबवाट आएका बझांग, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

‘लक डाउन’पश्चात आएका नागरिक दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती २२ जनाको बिहीवार उद्धार गरिएको हो । उनीहरुलाई जीप, टिप्पर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उद्धार गरिएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने जनाईएको छ । ‘लक डाउन’का बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन स्थानीय प्रशासनले आग्रह छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button