तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा ३० वेडको आइसोलेसन र १० बेडको आईसीयु विस्तार


चितवन । कोराना भाईरसको संभावित जोखिम कम गर्नका लागि भरतपुर अस्पताललले ३० बेडको आइसोलेसन वार्ड र १० बेडको आइसियु विस्तार गरेको छ ।

अस्पतालको पूर्वाधारलाई नै प्रयोग गर्ने गरी आज बसेको उपसमितिको बैठकले कोराना संक्रमित विरामीलाई लक्षित गर्दै विस्तार गरेको हो । आज अस्पतालले विज्ञप्ती प्रकाशित गरी १० जना संयोजकको संयोजकत्वमा संक्रिमत विरामीको उपचार गर्ने बताएको छ । यसअघि १९ वेडको आइसोलेसन वार्ड भएपनि कोराना बिरामीको लागि अलग्गै आइसीयु बेड थिएन ।

बैठकले अस्पतालमा संचालनमा ल्याइने आइसीयु बेडको को लागि १० वटा भेण्टिलेटर र आबश्यक पिपिई समेत मन्त्रालयबाट मगाउने निणर्य गरिएको छ । ‘हाल देश कोरोना सन्त्रासबाट ग्रस्त रहेको र ठप्प भएको अवस्थामा हामी सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी दृढता पूर्वक कार्यक्षेत्रमा अहोरात्र खटिन तयार छौं ।’ अस्पतालका सुपरिटेण्डेण्ट श्रीराम तिवारी द्धारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अघि भनिएको छ, ‘यस परिस्थितिमा राज्यले हाम्रो उच्च मनोबल, कायम गराईरहन हामी र हाम्रो परिवारको जीवन वीमाको रक्षा गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो ।’ हालसम्म १७ जनाको बिरामीको स्वाव परीक्षण गर्न पठाइएकोमा सबैको बिरामीको संक्रमण नेगेटिभ आएको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button