तपाईँ सुन्दै हुनुहुन्छः

बिदेशी नागरिक आँफै प्रबन्ध गरी आफ्नो देश फर्किन चाहे सरकारले ब्यवस्थापन गरिदिने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमणसँग लड्न थप स्वास्थ्य सामाग्रीहरु आवश्यक रहेको र त्यस्ता सामाग्रीहरु चाँडै नै ल्याईने बताउनुभएको छ ।

रक्षा मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग करा गर्दै उपप्रधानमन्त्री पोखरेलले बिश्व नै कोरोना भाइरस (काभिड १९) को संक्रमणबाट प्रभावित भइरहेका बेला आवश्यक सामाग्रीहरु ल्याउन थुप्रै प्रक्रिया पूरा गर्नु पर्ने हँुंदा केही समय लागेको हो तर अब ती सामाग्रीहरु चाँडै नै आपूर्ति हुने उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले लकडाउनको बेला औषधी, खाधान्न, फलफुल, दुध जस्ता आवश्यक बस्तुहरुको बिक्री बितरण नरोकिएको स्पष्ट पार्नुभयो ।

उहाँले त्यसरी आवश्यक बस्तु खरीद गर्न जाँदा भने एक अर्काबीच दुरी बनाएर मात्र लाईनमा बसेर दैनिक उपभोग्य बस्तुहरु किन्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले लकडाउनका बेला जुनसुकै देशको नागरिक जहां भएपनि उनीहरुको जिम्मेवारी ती देशले लिनुपर्ने ब्यवस्था रहेको उल्लेख गर्दै नेपालका बिभिन्न ठाँउमा रहेका बिदेशी नागरिक आफै प्रबन्ध गरी आफ्नो देश फर्किन चाहे सरकारले ब्यवस्थापन गरिदिने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले बिदेशमा रहेका नेपालीहरु पनि स्वदेश फर्किन चाहे ती देशको नियमानुसार आए नेपालले स्वागत गर्ने पनि बताउनुभयो ।

लाखौँ नपाली बिदेशबाट नेपाल फर्केकाले तिनलाई क्वारेण्टाइनमा राख्ने ब्यस्था गरेर सरकारले कोरोना संक्रमण फैलिन नदिन काम गरिरहेको बताउंदै उपप्रधानमन्त्री पोखरेलले कोरोनाबाट सबै प्रभावित हुनेभएकाले सरकारको यस काममा सबैको सहयोगी भूमिकाको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button