तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्यकर्मीहरूका लागि नयाँ सुरक्षा निर्देशिका जारी


काठमाडौं । व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को अभाव देखाउँदै अस्पतालहरूले ज्वरो तथा रूघाखोकीका विरामीहरूको भर्ना नलिएको जनगुनासो बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूका लागि नयाँ सुरक्षा निर्देशिका जारी गरेको छ ।

कोरोना प्रकोपको निराकरणका लागि भैईरहेका प्रयासहरूबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङ्का अवसरमा मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सम्वन्धी निर्देशिका निर्धारण गरेको जानकारी दिनुभयो ।

सचिव कोईरालाले अहिले रूघाखोकीको मौसम भएको हुनाले नआत्तिन र सम्यमता अपनाउन समेत सबै स्वास्थ्य कर्मी र आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।

सचिव कोईरालाले स्थानीय तहका लागि विदेशबाट फर्किएका व्यक्तिहरूको निगरानी वा क्वारेन्टाईनमा राख्ने सम्वन्धमा नयाँ निर्देशिका निर्धारण भएको जानकारी दिनुहुँदै सोही अनुसार आ–आफ्नो कार्यक्षेत्र अनुगमन गरी पछिल्लो समय विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क संकलन गर्न र निगरानी बढाउन सम्पूर्ण पालिकाहरूलाई आग्रह समेत गर्नुभयो ।

सचिव काईरालाले कोरोनाका सम्भावित संक्रमित हरूको पहिचानका लागि देशका विभिन्न स्थानमा रहेका २५ वटा अस्पतालहरूलाई हव हस्पिटलका रूपमा विकास गरिएको र ति अस्पतालहरूले तत्काल फिवर क्लिनिक स्थापना गरी ज्वरोको मापनकार्य सुरू गर्ने बताउनुभयो ।
उहाँले त्यस्ता हब हस्पिटलहरूलाई ज्वरो मापनका लागि उपकरण खरिद गर्न १०÷१० लाख रूपैँया उपलब्ध गराईसकेको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button