तपाईँ सुन्दै हुनुहुन्छः

कारोना प्रभावः आइसीसी विश्वकप क्रिकेट लिग दुइ सिरिज स्थगित


काठमाडौं । कोरोना भाइरसका कारण नेपालले आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नामिवियामा खेल्ने त्रिकोणात्मक सिरीज स्थगित भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नामिबियामा हुने सो सिरीज स्थगित भएको जनाएको छ । आइसीसीले विज्ञेप्ती जारी गर्दै जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको हो ।

कोरोनाका कारण आइसीसीको मुख्यालय पनि अहिले बन्द रहेको छ । नेपालले खेल्ने सातौं चरणको सो सिरीज अप्रिल २० देखि २७ तारिखसम्म नामिवियामा हुने थियो । जसमा नेपाल नामिविया र स्कटल्याण्ड खेल्ने थिए ।

नामिवियामा पनि कोरोनाको संक्रमण बढिरहेको छ । यसअघि स्कटल्याण्ड क्रिकेट संघले यो सिरीज सार्नका लागि पत्राचार गरेको थियो । प्रायः सबै देशले यात्रु आवतजावत गर्न बन्द गरेको अवस्थामा यो सिरीज सार्नुपर्ने भन्दै स्कटल्याण्ड क्रिकेट संघले स्थगितका लागि माग गरेको थियो ।

हालका लागि स्थगित भएको यो सिरीज आगामी सेप्टेम्बरमा गर्ने आइसीसीले जनाएको छ । तर मिती भने तय गरेको छैन । यो प्रतियोगितामा नेपालले मात्र चार खेल खेलेको छ । जसमा दुई जित र दुई हार ब्यहोरेको छ ।

लिगको शिर्ष स्थानमा ओमान रहेको छ । आइसीसीले यसअघि छौटो चरणको सिरीजपनि स्थगित गरेको थियो ।

यस्तै आगामी जुन २६ देखी जुलाई २ सम्म मलेसियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, म्यानमार र थाइल्याण्ड रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button