तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक तथा प्राविधिकलाई प्रधानमन्त्रीको आह्वान, सरकार तपाईंहरुको साथमा छ

Image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई कोरोना भाइरस (कोभिड-१९)को यो मानवीय संकटको समयमा एकजुट भएर सामना गर्न आह्वान गर्नुभएको छ । उहाँले ‘भन्नुभयो’,”कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ , सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ ।”

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा आज एक ट्वीट गर्नुहुदै हाल मौज्दातमा रहेको सामाग्रीको अधिकाधिक प्रयोगबाट परिक्षण र उपचारमा सामेल हुन चिकित्सक तथा प्राविधिकहरुलाई आग्रह गर्नु भएको छ ।

उहाँले चिकित्सक तथा प्राविधिकलाई सुरक्षाका थप सामाग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button